बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् वाम गठबन्धनका योजना

सोमबार, ०७ फागुन २०७४, ०८ : १७
सोमबार, ०७ फागुन २०७४

देउवा सरकारका आर्थिक भार पर्ने निर्णय खारेज गर्दै पाँच बर्षभित्र ग्यास र मटितेल विस्थापन गरी सम्पुर्ण क्षेत्रमा विधुत् उर्जा प्रयोग गर्ने लगायतका निति अघि सार्न वाम गठबन्धनले बनाएको कार्यदलले सु्झाव दिएको छ । 

वामगठबन्धनका तर्फबाट सरकारका नीति तथा योजनमा समेट्नुपर्ने कार्यक्रमहरुबारे सुझाव दिन एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्षद्धय युवराज खतिवडा, मीनबहादुर श्रेष्ठ, एमालेका भीम रावल, विजय पौडेल र माओवादीका बर्षमान पुन गिरिजामणि पोखरेल सम्मिलित कार्यदल बनेको थियो । 

कार्यदलको सुझाव 
पाँच बर्षभित्र ग्यास र मटितेलको सट्टा विधुत उर्जा 
प्रत्येक प्रदेशमा औधोगिक क्षेत्र स्थापना 
फोहोर प्रशोधन केन्द्र स्थापना, फोहोरबाट विधुत् उत्पादन 
प्रत्येक गाउँ नगरमा पोलिटेक्निक ईन्स्टिच्युट स्थापना 
अञ्चल अस्प्ताललाई मेडिकल कलेजका रुपमा स्तारोन्नति 
सरकार नै मेडिकल कलेज स्थापना गर्ने 
राष्ट्रिय योजना आयोग खारेज गर्न नहुने 
नेसनल ट्रेडिङ लिमिटेडलाई ब्युँताउने 
करको दायरालाई अझै कसिलो बनाउने 
सरकारी खर्च कटौती गर्ने आदि, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप