शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसदमा ३४ प्रतिशत महिला

सोमबार, ०७ फागुन २०७४, ०६ : ३६
सोमबार, ०७ फागुन २०७४

हिला संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । 

संविधानले संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् । 

प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको संघीय संसदमा १ सय १२ जना महिलाको प्रतिनिधित्व हुने भएको छ । 

संघीय संसदमा राष्ट्रियसभाबाट ५९ जना, प्रतिनिधिसभाबाट २ सय ७५ गरी ३ सय ३४ सदस्य छन् । 

त्यसमध्ये १ सय १२ जना महिला निर्वाचित भएका छन् ।, आजको नागरिकमा यो खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप