शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख जिल्ला अधिकारीहरुले दिए आन्दोलनको चेतावनी

सोमबार, ०७ फागुन २०७४, ०६ : ३०
सोमबार, ०७ फागुन २०७४

काठमाडौं - सघीय संरचनामा जिल्ला प्रशासन कार्यालयबारे अहिलेको संविधानले केही परिकल्पना गरेको छैन । 

संघीय संरचनामा जिल्ला प्रशासन कार्यालय रहने कि नरहने, रहेमा पनि कसको मातहत रहने भन्ने प्रश्न प्रशासन वृत्तमा अहिले निकै चर्चाको विषयम बनेको छ ।

माघको दोस्रो साता प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रशासन कार्यालय प्रदेशको मातहत राखे आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

यसले गर्दा पनि यो बहसले अझ सघन रुप लिएको पाइन्छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छ ।

संविधानले संघ, प्रदेश र स्थानीय तहलाई मात्रै सरकार वा प्रशासनिक निकाय मानेको छ । 

साविकका जिल्ला र विषयगत कार्यालयहरुले गर्ने काम संविधानले गाउँपालिका र नगरपालिकालाई दिएको छ ।

जिल्लामा गाउँपालिका, नगरपालिकासँग समन्वय गर्न जिल्ला समन्वय समिति रहने संविधानमा भनिएको छ ।

अधिवक्ता सुनीलरञ्जन सिंहले भने, 

-जिल्ला प्रशासन कार्यालयबारे संविधानले स्पष्टरुपमा केही बोलेको छैन । 

-संविधानमा नागरिकता, राहदानी र शान्ति सुरक्षा केन्द्रको मातहत रहने भनेको छ ।

-यही आधारमा अहिलेको जिल्ला प्रशासन कार्यालय रहन्छ कि जस्तो लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप