बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गीत गाउन प्युठान पुगिन् राष्ट्रियसभा सदस्य कोमल वली

आइतबार, ०६ फागुन २०७४, २० : ५५
आइतबार, ०६ फागुन २०७४

राधिका भुसाल 
प्यूठान – ‘स्वर्गद्धारी प्यूठान तेस्रो महोत्सव–२०७४’ मा सहभागि हुन  हालै राष्ट्रियसभा  सदस्य  निर्वाचित भएकी गायिका कोमल वेली पुगेकी छिन् । 

गुलाबी कलरको सारीमा सजिएर स्टेजमा पुगेकी वलीले प्रस्तुति राख्नु भन्दा पहिले सम्बोधन गरेकी थिइन् । 
 

सम्बोधनका क्रममा उनले भनिन्– ‘कलाकारिताबाट जनताको माया र साथ पाएको कारण आज म राजनीतिमा देशको सेवा गर्ने उद्देश्यले प्रवेश गरेको छु । यो मेरो राजनीतिको पहिलो खुड्किलो हो । एउटा महिला कलाकार यो देशको सेवा गर्न जाँदा  आशा छ अझै जनताको साथ पाउने छु ।’ 

उनले महिला आफ्नो खुट्टामा अभिएर अगाडि बढ्न सकेमात्र सफलता हासिल गर्न सक्ने बताइन् । 

 उनले अगाडि भनिन्–‘नारी नै यो श्रृष्टिको सर्वोश्रेष्ठ सुन्दरी हो, तर, बलियो हुन जरुरी छ ।’ प्यूठानका राजनीतिज्ञ व्यक्तिहरुलाई स्मरण गर्दै उनले प्यूठानसंग आफ्नो गहिरो सम्बन्ध जोडिएको बताउँदै  कला, गला भनेको भगवानको बरदान भएको समेत बताइन् । 

सो क्रममा  ओलीले प्यूठानी दर्शकलाई ‘लरिलरिलै यो जोवन तिम्रै हो जुनी भरीलाई’, ‘बाँझो खेतमा छड्के सलाम छ पहिलो भेटमा’, दुर्गा होइन भवानी मान्छे सानी सानी बढ्दै आयो जवानी,’ ‘हरिओम हरिओम’ जस्ता गीतहरु गाएर महोत्सवको माहोल तताएकी थिइन् ।  महोत्सव अवलोकन गर्न आएका दर्शक, कलाकार, मञ्चमा बसेका आमन्त्रित अतिथि र आयोजाक टोलीसमेत उनको गीतमा नाचेका थिए । 

महोत्सवमा सहभागि हुन आएकी वलीले बाटो खर्च वापत केही रकम लिएको आयोजकले जानकारी दिएको छ ।    वलीबाहेक आज खेम भण्डारी, पिएन सापकोटा, रितु थापा लगायतका कलाकारले पनि प्रस्तुति दिएको बताइएको छ । 

‘आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार, उद्यमी जनशक्ति समृद्ध प्यूठानको आधार’ भन्ने मुल नाराका साथ प्यूठान उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ प्यूठानको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो । 

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप