दोस्रो निर्वाचन दिवस मनाउँदै आयोग
काठमाडौँ– निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवसलाई भव्यताका साथ मनाउने भएको छ । त्रिदिवसीय कार्यक्रम पारित गरी फागुन ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने आयोगले आज विज्ञप्तिमार्फत जनाएको हो ।
कार्यक्रमको पहिलो दिन शक्रबार आयोग परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । दोस्रो दिन आज प्रभातफेरि आयोजना गरियो । प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्तको नेतृत्वमा भएको प्रभातफेरी आयोगबाट सुरु भई दरवार मार्ग, भद्रकाली, सहिद गेट, रत्नपार्क हुँदै पुनः आयोग परिसर पुगेर टुङ्गिएको थियो ।
आयोगले आजै सांसद, संविधान एवं कानूनविद् तथा राजनीतिक दलका प्रतिनिधिहसँग स्वतन्त्र र स्वच्छ निर्वाचन विषयक अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, आयोगका सचिव, सहसचिवलगायतको उपस्थिति रहेको थियो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विविध कार्यक्रमका साथ दिवसलाई मनाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला