शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ७ को पहिलो मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णय

आइतबार, ०६ फागुन २०७४, १९ : २५
आइतबार, ०६ फागुन २०७४

धनगढी–प्रदेश नं. ७ मा बसेको पहिलो मन्त्रिपरिषदको बैठकले राष्ट्रिय गौरबका आयोजनालाई समयमै सम्पन्न गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  बैठकले महाकाली करिडोर, सेती लोकमार्ग तथा खुटिया दिपायल फाष्ट ट्रयाकलाई गुणस्तरीय रुपमा सम्पन्न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिए । 

आइतबार दिउसो ३ बजे ७ नं. प्रदेशको अस्थायी मुकाम धनगढीमा बसेको बैंठकले प्रदेश सरकारको सम्पादन नियमावली, केही सार्बजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ लाई पनि स्वीकृत गरेको छ । 
यस्तै,बैंठकले मन्त्रिपरिषदको प्रवक्ताको रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई तोक्ने निर्णय गरेको छ ।  भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता, सुशासनमा जोड तथा प्रबद्र्धन गर्ने, प्रदेशस्तरमा अनुगमन संयन्त्र विस्तार गर्ने, पर्यटनका संभाव्यताहरुको पहिचान गर्नुका साथै प्रबद्र्धन र संरक्षणमा जोड दिने, कृषिको उत्पादकत्व बढाउन माटो परीक्षणको कार्यलाई संस्थागत गर्न नेपाल सरकारसँग समन्वय गरी स्थानीय तहलाई समेत सँगसँगै लैजाने निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिए । 

त्यस्तै, सूचना प्रविधि र विद्युतीय सुशासनको प्रबद्र्धदनमा जोड दिनुका साथै इ–मनटरिङ गर्ने निर्णय भएको जनाइएको छ ।  बैंठकले भएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप