बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल उद्योग वाणिज्य महासंघले दियो सरकारलाई यस्तो सुझाब

आइतबार, ०६ फागुन २०७४, १९ : १८
आइतबार, ०६ फागुन २०७४

काठमाडौं– निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले २०७५ देखि २०८५ लाई ‘मुलुक निर्माण दशक’ घोषणा गरेर आर्थिक गतिविधि संचालन गर्न सरकारलाई सुझाव दिएको छ ।  आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कमजोर अर्थतन्त्रलाई माथि उठाउन आर्थिक गतिविधिलाई सशक्त रुपमा बढाउन ‘मुलुक निर्माण दशक’ घोषणा गर्न नयाँ सरकारलाई सुझाव दिएको हो ।

हालको अर्थतन्त्र सन्तोषजनक नरहेको मुलुकको चालु खाता र शोधनान्तर अवस्था ऋणात्मक रहेको अवस्थामा सरकारले भने जस्तो समृद्धि नेपाल बन्न नसक्ने भन्दै महासंघले १० वर्षसम्म आर्थिक गतिबिधि पूर्वाधार विकास, पर्यटन, उर्जाको विकासमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ ।

महासंघले प्रादेशिक तथा संघीय सरकारहरुले औद्योगिकरणको  विकास र विस्तारलाई  केन्द्रित गर्दै स्वदेशी तथा  विदेशी लगानी आकर्षण गर्न नीतिगत सुनिश्चितता र लगानी सुरक्षा हुने कार्यक्रम तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले लगानी मैत्री वातावरण निर्माण र उद्योगको क्षमता वृद्धि गर्न प्रोत्साहन र सुबिधाको कार्यक्रम घोषणा गर्नु पर्ने माग पनि गरेकी थिइन् ।   महासंघले आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्रयाउन पनि सरकारलाई सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप