बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अघिल्ला तीनवटा निर्वाचनबारे आयोगले निकाल्यो यस्तो निश्कर्ष

आइतबार, ०६ फागुन २०७४, १९ : १०
आइतबार, ०६ फागुन २०७४

काठमाडौं–निर्वाचन आयोगले विगतभन्दा धेरै कम खर्चमा तीनवटै तहको निर्वाचन सम्पन्न भएको दावी गरेको छ ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले विगतमा भन्दा धेरै कम खर्चमा तीनवटै तहको निर्वाचन सम्पन्न भएको बताएका हुन् । उनले निर्वाचनमा भएको खर्चको ५५ प्रतिशत बजेट कर्मचारी व्यवस्थापनमा मात्रै खर्च भएको पनि स्पष्ट पारे । 

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दलहरुलाई भने निर्वाचनमा कम खर्च गर्न सचेत पनि गराए । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा हुने खर्च कम गर्न सरकारलाई पनि पुनः निर्देशन दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप