मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

घुससहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ

आइतबार, ०६ फागुन २०७४, १७ : ५८
आइतबार, ०६ फागुन २०७४

म्याग्दी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । 

रघुगंगा गाउँपालीका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैया सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार बि.सीले प्रहरी जवान पदमा भर्ना गराईदिने भनी सेवाग्राहीसंग घुस रकम माग गरेको उजुरी एवं सूचनाको आधारमा अख्तियारबाट खटिएको टोलीले घुस वापतको रकम लिईसकेको अवस्थामा शनिबार नियन्त्रणमा लिएको हो ।

बि.सीलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको पाण्डेले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप