शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मिस ई–कलेज २०१८ को  उपाधि काजललाई

आइतबार, ०६ फागुन २०७४, १७ : ४९
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ । सिजन मिडियाले राजधानीको अक्षरा स्कूल काडाघारीमा शनिबार आयोजना गरेको ‘मिस ई–कलेज २०१८’ मा व्रिटीस कलेजमा अध्यायनरत २० वर्षीया काजल तामाङले शीर्ष ताज चुम्न सफल भइन् ।

उनलाई मिस इकलेज २०१५ की विजेता नितिका कर्मचायले ताज पहिराइ दिएकी थिइन् । उनले विधागत तर्फको ‘मिस पर्सनालीटी’को टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । 

उपाधिसँगै उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङ्कक भ्रमण, लेट्मीइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फबाट ३५ हजारको छात्रावृति प्राप्त गरिन् । उक्त प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारिन् भने आस्मी गौतम सेकेण्ड रनरअप भइन् । 

फस्ट रनरअप र सेकेन्ड रनरअपले डोगी स्माट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरिन् । 

अपेक्षा ढुङ्गानाले थर्ड रनरअप साथै मिस क्याटवाकको उपाधी पनि हात पारिन् । 

अलिसा श्रेष्ठ फोर्थ रनरअप भएसंगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि जितिन् । 

विधागततर्फ सकिना खड्का ‘मिस पपुलर’, रविना लामिछाने मिस फेन्डसिप, सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस हेल्दी स्माइल, मनिसा वराइली मिस डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर घोषित भए । त्यस्तै, पासाङ लामु सेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुना गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलीस, आशा लिम्बु फेशबुक लाइक अवार्ड, पेमा लामा युट्युव मल्टी मिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए । 

प्रतियोगिताको निर्णायकमा नोवल कलेजका संस्थापक निर्देशक उत्तम भौकाजी, अक्षरा स्कुलकी संस्थापक प्रिन्सीपल अन्जु भट्टराई, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, काठमाडौं होम्सका प्रवन्ध निर्देशक सुजन लामिछाने, पत्रकार निमा काफ्ले , सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल र वरिष्ठ सौदर्यकर्मी सिता न्यापाने पाठक रहेका थिए । 

उक्त प्रतियोगीतामा अफिसियल कोरीयोग्राफर रोजीन शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए ।  

सम्पूर्ण प्रतियोगीहरुलाई एक महिनाको लामो प्रशिक्षण पछि यो कार्यक्रम भव्य रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

साथै, अन्तिम प्रतियोगीतामा सौन्दर्यकर्मी इश्वरी श्रेष्ठ तामाङले सबै प्रतियोगीहरुको मेकअप गरेकी थिइन् । 

उक्त कार्यक्रममा लोक गायक तथा मोडल दिनेश थापाको साङ्गीतिक प्रस्तुतीले सबैलाई नचाएका थिए अनु वुढा मगरको नृत्यले सवैलाई रोमान्चीत वनाएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप