शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी गरे प्रदेश नम्बर ७ का मुख्यमन्त्री र मन्त्रीले पदबहाली (फोटो/भिडियो)

आइतबार, ०६ फागुन २०७४, १६ : ४४
आइतबार, ०६ फागुन २०७४

 कैलाली –प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र अन्य ६ मन्त्रीहरुले पदबहाली गरेका छन् । शनिबार साँझ प्रदेश प्रमुख मोहनराज मल्लसँग सपथ गरेका उनीहरुले आइतबार बिहान ११ बजे कार्यालयमा पुगेर पद बहाली गरेका हुन् । 
पद बहाली गर्नुपूर्व मुख्यमन्त्री भट्टले सहिदको फोटोमा माल्र्यापण गर्नुका साथै प्रहरीको टुकडीबाट सलामी ग्रहण गरेका थिए । प्रहरीको सलामी र कर्मचारी स्वागत लिँदै कार्यकक्षमा पुगेर पद बहाली गरेका मुख्यमन्त्री भट्टले जनताका चाहना अनुसार काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले सात नंबर प्रदेशलाई विकास निर्माणको हिसावले मुलुकको १ नंबर प्रदेश बनाँउने जानकारी दिए । 
संघीयताको मर्म अनुसार जनताको घरदैलोमा सेवा पुर्याउने, देशका दुर दराजमा सेवा पुर्याउने, जनतालाई संघीयता ठीक भन्ने गरी आफुले काम गर्ने उल्लेख गरे । मुख्यमन्त्री भट्टले जनताले अपेक्षा गरे अनुसार काम गर्ने भन्दै एकात्मक राज्यब्यवस्था बाट सुदुर पश्चिमाञ्चल पछि परेको भन्दै अब प्राकृतिक स्रोत जडिबुटी, बन, जलस्रोत, भुमी र प्रर्यटन क्षेत्रको विकास गर्दै अगाडि बढ्ने बताए । भोलीका दिन सात नंंबर प्रदेश विकासका दृष्टिले १ नंबर प्रदेश बन्ने बताए । 


मन्त्रालयमा पदभार ग्रहण गरेको १५ मिनेट पछि उनी धनगढीको सेती अञ्चल अस्पतालमा पुगेर छड्के अनुगमन गरेका थिए ।
मन्त्रीको स्वागमा प्रहरी टुकडीलाई भ्याइ नभ्याई


प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा स्थापना गरिएका नयाँ मन्त्रालयको सरसफाई र सजावटका लागि कर्मचारीहरु बिहानैदेखि खटिएका थिए । बिहान ११ बजे मुख्यमन्त्री भट्टले पदभार ग्रहण गरेपछि अन्य मन्त्रीहरुले पनि आफ्नो कार्यालयमा पुगेर पदबहाली गरेका थिए । कार्यालय पुग्नेबिक्तिकै प्रहरीको एक टुकडीले मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुलाई सलामी अर्पण गरेको थियो । मन्त्रीहरुलाई कार्यालयमा स्वागत गर्न प्रहरीको एउटै टुकडीलाई प्रयोग गरिएको थियो । उनीहरुलाई मन्त्रीको स्वागत गर्न भ्याई नभ्याई थियो । मुख्य मन्त्रीलाई स्वागत गरेपछि प्रहरीको टोली आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई स्वागत गर्न पुगेको थियो । 


प्रदेश नंबर ७ मा पूर्ण मन्त्रिपरिषद
अरु प्रदेशमा पूर्ण अकारको मन्त्रीपरिषद नबनेका बेला प्रदेश नंबर ७ मा सम्पूर्ण मन्त्रीहरुले आफ्नो पदबाहाली गरेका छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा त्रिलोचन भट्ट र आर्थिक मामिला मन्त्रीमा झपट बोहोराले पदभार संहालेका छन् । 


यता नेकपा एमालेका तर्फबाट भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा बिनिता चौधरी, एमाले संसदीय दलका नेता प्रकाश शाह आन्तरिक मामिला तथा कानुन, दीर्घ सोडारी सामाजिक विकास मन्त्री, पठानसिंह बोहोरा भौतिक पूर्वाधारमन्त्री र माया भट्टले पर्यटन, उद्योग, वन तथा वाताबरण मन्त्रालयमा पद बहाली गरेका छन् । 


मन्त्रिपरिषद नबस्दै अनुगमनको चटारो


सामान्यता पदभार ग्रहण गरेपछि मन्त्रीपरिषदको बैठक बसेर केही नयाँ निर्णय गर्ने प्रचलन छ । तर पदभार ग्रहण गरेको केही मिनेटमै मन्त्रीहरु अनुगमनका लागि निस्किए । 
सबैभन्दा पहिदा मुख्यमन्त्री त्रिलोचन भट्ट सेती अञ्चल अस्पताल पुगेर अनुगमन गर्दै अस्पताल प्रशासनलाई निर्देशन दिएर फर्किए । त्यसको केहीबेर पछि आर्थिक मामिला मन्त्री झपट बोहोरा कैलाली भन्सार कार्यालयको अनुगमनमा निस्किए । 


कुन भवनमा कुन मन्त्रालय
ढिलोगरी कैलालीको धनगढीलाई ७ नंबर प्रदेशको अस्थायी राजधानी तोकिएपछि मन्त्रालयका लागि भवन तयार पार्न कर्मचारीहरुलाई हम्मे हम्मे परेको थियो । उनीहरुले यसअघि अर्कै कार्यालय रहेका भवनमा मन्त्रालयको रुपमा विकास गरेका थिए । 


भर्खर निर्माण सम्पन्न भएको यातायात ब्यवस्था कार्यालयलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बनाइएको छ भने जिल्ला कृषि विकास कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएको छ । 


क्षेत्रीय सिंचाई कार्यालयमा भौतिक पूर्वाधार मन्त्रालय राखिएको छ । यस्तै क्षेत्रीय वन निर्देशनालयमा उद्योग मन्त्रालय स्थापना गरिएको छ । यस्तै सहकारी व्यवस्था कार्यालयमा भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थापना गरिएको छ । 

यातायात व्यवस्था कार्यालयका लागि बनाउदै गरिएको नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राखिएको छ । यही कार्यालयमै मन्त्रीपरिषदको बैठक कक्ष समेत बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप