शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनशक्तिका लागि थप रोजगारीका अवसर बृद्धि गर्न आग्रह

आइतबार, ०६ फागुन २०७४, १६ : ०४
आइतबार, ०६ फागुन २०७४

काठमाडौं– कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली  जनशक्तिका लागि थप रोजगारीका अवसरहरु बृद्धि गरिदिन आग्रह गरेका छन्। शनिबार कुवेतस्थित नेपाली राजदूतावास एवम् कुवेतका रोजगारदाता कम्पनीहरुबीचको अन्तरक्रिाय कार्यmत्रमा उनले सो आग्रह गरेका हुन् ।

कार्यक्रममा राजदूत हमालले नेपाल र कुवेतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरुको दक्षता एवम् कर्मशीलताको बारेमा उल्लेख गर्दै नेपालका दक्ष र अर्ददक्ष जनशक्तिलाई थप रोजगारका अवसरहरु बृद्धि गर्न उनले कुवेतसमक्ष आग्रह गरे ।

राजदूत हमालले नेपाली श्रमिकहरुका समस्या समाधान गर्न  आफुले कुनै कसुर बाँकी नराख्ने अठोट व्यक्त गरे ।  कार्यक्रममा राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन,  द्धितिय सचिव ज्ञानबहादुर मगर लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप