शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बबरमहलमा ‘जनयुद्ध’को झल्को !  (१० तस्बिरमा हेर्नुहोस्)

आइतबार, ०६ फागुन २०७४, १४ : ३०
आइतबार, ०६ फागुन २०७४

काठमाडौं– राजधानीको बबरमहलस्थित आर्ट ग्यालरीमा माओवादी सशस्त्र जनयुद्वको सुरुवातदेखि शान्ति प्रक्रिया सम्मको राजनीतिक गतिविधि समेटिएका तस्बीहरुको प्रदर्शनी जारी छ । बिहिबारदेखि सुरु भएको  उक्त प्रदर्शनी भोलि सोमबार सम्म चल्ने छ । 
 प्रदर्शनीमा माओवादी जनयुद्धदेखि शान्ति प्रक्रियासम्म आइपुग्दाका निकै महत्वपूर्ण ऐतिहासिक तस्बीरहरु समेत देख्न सकिन्छ ।
प्रदर्शनी अवलोकनका लागि आइतबार माओवादी केन्द्रका नेता तथा तत्कालिन डेपुटी कमान्डर वर्षमान पुन  ग्यालरी पुगे । पुनसँगै पत्नी तथा माओवादी नेत्री ओनसरी घर्ती पनि अवलोकनका लागि पुगेकी थिइन् । 
सांस्कृतिक संग्राहलय नेपालद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीको अध्यक्ष प्रचण्डले समेत अवलोकन गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप