बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक गतिरोध अन्त्यका लागि लिबियाली प्रधानमन्त्रीको आह्वान

आइतबार, ०६ फागुन २०७४, १४ : २७
आइतबार, ०६ फागुन २०७४

एजेन्सी–लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गरेका छन् ।  उनले यहाँको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानून निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानून पारित गरेर देशमा राजीतिक गतिरोधको अन्त्य गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । 

सो कानून निर्माणका लागि गएको बिहीबार संसदको अधिवेशन आह्वान गरिएको छ । प्रधानमन्त्री फाएजले भनेका छन्, “जनमत संग्रहसम्बन्धी कानूनका बारेमा निर्णय गर्न हामीले संसदको बैठक आह्वान गरेका छौँ, अब यसैबाट देशले निकास पाओस भन्ने हाम्रो आग्रह छ” उनले भने ।  लिबियामा नयाँ संविधान लेखनको प्रक्रिया सुरु भइसकेको छ । संविधानसभाले मस्यौदा संविधान पारित गर्न खोजिरहेको छ, तर त्यसले जनताको मतलाई समेट्न असमर्थ भएको आरोप लागेको छ । 

जनमत संग्रहका लागि सहयोग गर्न राज्यका सबै निकाय र अन्तर्राष्ट्रिय समुदायलाई पनि प्रधानमन्त्री फाएजले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।  आइतबार अर्थात फेब्रुअरी १८ का दिन लिबियाका पूर्व शासक माउमर गद्दाफिको शासन अन्त्यको घोषणा भएको सातौँ वार्षिकीको अवसर पारेर प्रधानमन्त्री फाएजले दिनुभएको टेलिभिजन सन्देशमा सो धारणा राखेका हुन् । 

शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण र अधिकार र स्वतन्त्रताको सुनिश्चित गर्न यहाँ जनमत संग्रह गर्नुपर्ने आवाज आएको छ । साथै संविधान लेखनमा केही विषयहरूमा आम सहमतिका लागि पनि जनमत संग्रहको माग गरिएको हो ।  गत जुलाईमा भएको मतदानमार्पmत संविधानसभाले मस्यौदा संविधान संसदमा पठाएको छ । तर त्यसलाई अन्तिम रूप दिन संसदको पनि कार्य गरिरहेको संविधान सभाले जनताको सहमति आवश्यक परेको जनाएको हो । 

सर्वोच्च अदालतले कतिपय विषयमा जनताको राय लिनका लागि जनमत संग्रहमा जान सकिने खालको निर्णय दिएको हो । ती विवादास्पद विषयहरूको टुंगो लगाउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको प्रधानमन्त्री फायजले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप