बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मन लेखकको दाबी : २००८ मुम्बई हमला भारत, इजरायल र अमेरिकाको सयुंक्त योजनामा !

आइतबार, ०६ फागुन २०७४, १४ : २५
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ । बी.बी.सी. हिन्दीले पाकिस्तानबाट निस्कने नवा–ए–वक्तको उल्लेख गर्दै एउटा सनसनीखेज समाचार लेखेको छ । 

पत्रिकामा जर्मनीका एक लेखकले ल्याएको नयाँ पुस्तकले मुम्बईमा २६ नोभेम्बर २००८ मा भएको हमला पाकिस्तानमा सक्रिय उग्रवादी संगठनले गरेको दाबीमाथि प्रश्न उठाइएको समाचार रहेको उल्लेख गरेको छ । समाचार अनुसार भारत आफैले इजरायल र अमेरिकाको सहयोगमा यो हमलालाई मुर्तरुप दिएको थियो ।

पत्रिकाको समाचार उल्लेख गर्दै अगाडी भनेको छ जर्मन लेखक एलिस डेविडसनले आफ्नो नयाँ किताब ‘विट्रेयल अफ इण्डिया– रिभिजिटिङ्ग दी २६/११ इभिडेन्स’ मा मुम्बई हमलाका सबै सबूत र प्रमाणको गहिरो अध्ययन गरेका छन् । उनको किताबमा दावी गरिएको छ कि नरीमन हाउसको मामलामा इजरायल र भारतले झुटो साक्षी तयार गरे । 

किताबमा मुम्बई हमलाबाट भारतका अतिरिक्त अमेरीका र इजरायलका व्यापारीले निक्कै फाइदा उठाएको प्रमाण रहेको उक्त समाचारमा उल्लेख छ । 

पाकिस्तान टुडेले पनि सो बारेमा समाचार लेख्दै भनेको छ सो किताबमा लेखकले २००८ को मुम्बई हमलाबारे केही अनौठो खुलासा गरेका छन् । जस्तो मुख्य योजनाकार भनिएका अजमल कसाब सो आक्रमणको २० दिन अघिनै पक्राउमा परेका थिए । हमलाका सहजकर्ताहरुले अमेरिकी नम्बर प्रयोग गरेको देखिएको थियो । 

पाकिस्तान टुडेको ठम्याईमा डेभिडसनले किताबमा गरेका खुलासाहरुले पाकिस्तान सरकारको अडानलाई सहयोग पु¥याउँछ ।

प्रो. ग्रामे म्याकक्वीनले क्यानडास्थित ग्लोबल रिसर्च नामक खोज तथा मिडिया संस्थाका लागि सो पुस्तकको समिक्षा गरेका छन् । 

समिक्षामा म्याकक्वीनले किताबमा त्यो हमलापछि भएका केही कामकारवाहीको उल्लेख गरेका छन् जसले हमला षड्यन्त्र भएको लेखकको दाबीलाई बल दिन्छ ।

त्यसमध्य केही यहाँ उल्लेख गरिएको छ 

१. हमला जारी रहँदा भारतका प्रधानमन्त्रीले विना कुनै गम्भिर अनुसन्धान हमलाकारी पाकिस्तानको सहयोग प्राप्त आतङ्गवादी संगठनका सदस्य भएको भने । लेखकले यसतर्फ संकेत गर्दै यसले घटना हुनु पहिले नै घटनाको कथा तयार भएको बताउँछन् । र, मिडिया मार्फत यो कथालाई आम जनमानसमा रोप्ने काम गरियो ।  

घटनाको तीन दिनअघि ताज होटलमा बसेका पूर्व अमेरीकी विदेशमन्त्री हेनरी किसिन्जरले घटना भएलगतै पाकिस्तानतर्फ संकेत गरेकोले पनि पूर्वतयार कथातर्फ संकेत हुने किताबमा जोड दिएको छ । घटनाको केही दिनअघि मात्र किसिन्जरको त्यस स्थानमा उपस्थितिले पनि हमला नियोजित हुनसक्ने तर्फ संकेत गरेको लेखकको दाबी छ ।

२. जिवित रहेका आरोपी आतङ्गवादीको अनुसन्धान गर्न खटिएका न पुलिस न न्यायाधीसले हमलाको क्रममा भएका घटनाहरुको ‘टाइमलाईन’ सार्वजनिक गरे । यहाँसम्म कि सबैभन्दा आधारभूत मानिने हमला शुरु भएको र अन्त्य भएको समय समेत सार्वजनिक गरिएन । 

३.आतङ्कवादीहरुले तिनको कारबाही कार्यन्वयन गरिरहँदाका साक्षी रहेका भनिएकाहरुको बयान लिन वेवास्ता गरियो ।

४. एक जना मरेका भनिएको पिडितलाई पुनर्जिवित गरियो जब उसको बयानले पाकिस्तानतर्फ संकेत गर्ने देखियो । एक अर्को पीडित दुई स्थानमा मरेको उल्लेख छ र तेस्रो त तीन ठाँउमा मरेको भनिएको छ ।

५.अपराधका साक्षीहरुले आतङ्कवादीको कपडा र छालाको रङ्ग साथै तिनको सङ्ख्याबारे दिएको धारणा फरक–फरक छन् ।

६.कम्तिमा एक जना साक्षीले आतङ्कवादीहरु र ‘मित्र’मा फरक छुट्याउन नसकेको स्वीकारेका छन् । यसमा थप अनुसन्धान अघि बढाइएन ।

७.आधिकारीहरुको खबरमा पनि हमलामा संलग्न आतङ्कवादीको सङ्ख्या तारन्तार फेरिरह्यो । हमलाको सकिएपछि जीवित रहेका आतङ्कवादीको सङ्ख्यामा पनि त्यस्तै फरक देखियो ।

८.अपराध स्थलमा आवश्यक सतर्कता अपनाएको पाएन र मृत शरिरहरु बिना जाचँबुझ उठाइयो ।

९.आतङ्कवादीहरु ए.के.४७ ले सुसज्जित थिए भनेर अधिकारीले भनेका थिए । फोरेन्सिक अध्ययनमा मृतकहरुको शरिरमा पाइएको गोलीमध्य एउटा पनि गोली ए.के.४७ को भनेर प्रमाणित भएन ।

१०. क्याफे लियोपार्ड, ताज महल प्यालेस होटेल , ओबरोए–ट्राइडेन्ट होटल र नरीमन हाउसमा भएको हमलाका प्रत्यक्षदर्शी भनेर अदालतले बोलाएका सयौं व्यक्तिमध्य एक जनाले पनि आरोपित आठजना आतङ्कवादीमध्ये कसैले पनि मान्छे मारेको नदेखेको बताए ।

यसका साथै पुस्तकमा सो समय राष्ट्रिय सुरक्षाको बाहनामा आम जनतालाई सूचनाको अधिकारबाट बन्चित गर्न अपनाइएका कार्यहरुको पनि उल्लेख छ । यसमा केही महत्वपूर्ण तल उल्लेख छन् ।
-    आरोपित जीवित आतङ्कवादीमाथि कुनै सार्वजनिक मुद्दा चलाइएन 

-   तिनको गोप्य भनिएका सुनुवाईको कुनै लिखत बाहिर ल्याइएन

-    आरोपितको पक्षबाट वकालत गर्न स्वीकार गर्ने एक वकिललाई अदालतबाट वर्खास्त गरियो भने अर्को एक जनाको हत्या भयो 

-    सर्वसाधरणलाई हमलाको समयको खिचिएको ठूलो परिणामको सी सी टी भी फूटेजहरु रहेको बताइएको थियो । तर त्यो दिन रहस्यात्मकरुपमा त्यहाँका धेरै सी सी टी भी काम गरिरहेका थिएनन् र पछि केही सार्वजनिक गरिएका सी सी टी भी फूटेजहरुमा समयको बाझिएको र सम्पादन गरिएझैं लाग्थ्यो ।

-    आठ आतङ्कवादीलाई नियन्त्रण लिन गएका अनुमानित ४७५ देखि ८०० भारतीय कमाण्डोमध्य एक जनालाई पनि अदालतमा बयानको लागि बोलाइएन ।

-    जुन आरोपीको स्वीकारोक्तीमा आधारित भएर न्यायाधिसले आफ्नो निणर्य सुनाएका थिए सो स्वीकारोक्ति गोप्य रुपमा लिइएको थियो जुन पछि उसले प्रहरीको दबाबमा दिएको भनेर सो अस्वीकार ग¥यो । र त्यसको कुनै लिखत सार्बजनिक गरिएन । 

-    आरोपीलाई मृत्युदण्डको सजाय सुनाएपछि तत्काल कार्यन्वयन गरियो भनियो । आरोपीलाई मृत्युदण्डदेखि उसको दाहसंस्कार सब गोप्य गरियो ।

यत्रो तयारी कसको फाइदाको लागि त ? लेखकले सो हमला लगतै भारतीय राष्ट्रिय सुरक्षा एजेन्सीहरुको कोषमा व्यापक वृद्धी भएको देखिएको उल्लेख गरेका छन्  । त्यस घटना लगतै सेनाको खर्चमा २१% ले बृद्धी गरिएको थियो र आगामी बर्ष यसमा बढाउँदै लाने भनियो । सो घटनापछि भारत सो समय विश्वव्यापीरुपमा आतङ्कवादसँग लडिरहेको भनिएको अमेरीकातर्फ ढल्किन थाल्यो । एफ.बी.आई.को यो घटनामा विशेष चासो रह्यो । किताबमा सो घटनापछिका आरोपी र साक्षीहरुको बयानमा एफ.बी.आई.लाई सहज पहंँच दिइएको उल्लेख छ ।

यसमा इजरायलको स्वार्थ कहाँ जोडिन्छ त ? आकारले सानो र विश्व भूराजनैतिक खेलमा तुलनात्मक पछाडी रहेपनि इजरायल भारतको सन्दर्भमा सबैभन्दा ठूलो सैन्य निर्यातक रहेको कुरा लेखकले पुस्तकमा स्मरण गराएका छन् । भारतमा सुरक्षा बजेटमा बृद्धी हुँदा त्यसको प्रत्यक्ष फाइदा इजरायलका हतियार निर्मातालाई हुने गर्छ ।

एजेन्सीहरुको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप