शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चैतमा औधोगिक प्रदर्शनी हुँदै

आइतबार, ०६ फागुन २०७४, १३ : ०१
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ– स्थानीयस्तरमा उत्पादित वस्तुलाई आम जनतामाझ चिनाउन उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।  ‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्न मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो । 

समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीयस्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए ।  मेलामा गलैँचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिानाका कपडा लगायतका सामग्रीहरु राखिने समितिले जनाएको छ । 

सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईवटाका दरले स्टल रहने बताउनुभयो । “प्रत्येक जिल्लाबाट दुईवटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएका छौँ, बाँकी स्टल राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने हुन्छ,” उनले भने । समितिले मेला वर्ष हरेक गर्दै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप