बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले पनि खोले प्रधानमन्त्री बन्ने बाटो

आइतबार, ०६ फागुन २०७४, ११ : १३
आइतबार, ०६ फागुन २०७४

काठमाडौं-फागुन १ गते अगाडि आफ्नो निर्वाचन क्षेत्र पुगेर ढिलोचाँडो प्रधानमन्त्री बन्ने उद्घोष गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पार्टी संसदीय दलको नेता चयन भएका छन् ।
संसदीय दलको नेता चयनसँगै उनी अब माअ‍ोवादीभित्र प्रधानमन्त्रीका एक्ला दावेदार बनेका छन् ।

आज बसेको माअ‍ोवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । 

आइतबार बिहान सिंहरवारस्थित दलको कार्यालयमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत चयन गरेको नेता अग्नी सापकोटाले जानकारी दिए । 

पार्टी एकतासँगै एमाले अध्यक्ष ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने अनौपचारिक सहमति जुटेको समाचार आएको थियो । तर, त्यसपछि पार्टी एकतामा थप प्रगति भएको छैन् । 

आजको बैठकमा प्रचण्डले एकतावारे ओलीसँग थप कुरा गर्ने बताएका थिए । ‘गत बुधबार नै एकता प्रकृयाबारे लगभग टुङगो लागिसकेको थियो, तर बीचमा अडिकयो तर किन अडिकयो भन्ने कुरा आज म कुरा गर्दैछु ।’ बैठकमा प्रचण्डले भनेका थिए ।

ढिलोचाँडो प्रधानमन्त्री बन्छु : प्रचण्ड

संसदीय दलको नेतामा चयन भएपछि बैठक स्थलबाट बाहिरिदै गर्दा अध्यक्ष दाहालले छिटै पार्टी एकताको टुंगो लाग्ने बताए । एकताको कुरा गर्न जादै छु भन्ने संक्षिप्त प्रतिक्रिया दिएका थिए ।

आजको बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनले पार्टी एकताका लागि केही सैद्धान्तिक र केही बैचारिक विषयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुनेबारे पनि बैठकमा छलफल भएको उनले जानकारी दिइन् ।

अध्यक्ष प्रचण्डले समानुपातिकबाट प्रतिनिधिसभाका लागि चयन भएका सांसदहरुलाई प्रमाण पत्र सहित बधाई तथा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप