शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुकाकु चम्कँदा युनाइटेड एफए कपको क्वाटरफाइनलमा

आइतबार, ०६ फागुन २०७४, १० : १२
आइतबार, ०६ फागुन २०७४

लण्डन । रोमेलु लुकाकुको दुई गोलको मद्दतले हडर्सभिल्ड टाउनलाई पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लुकाकुले खेलको तेस्रो मिनेटमा नै हुवान माटाको पासमा युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफमा एलेक्सिस सान्चेजको पासमा गोल गर्दै सिजनको २१ औँ गोल पूरा गरे ।

यसअघि पहिलो हाफमा भिडियो एसिस्टेन्ट रेफ्रीको विवादास्पद निर्णयको आधारमा माटाको गोललाई दिइएन ।

यद्यपि, यो निर्णयले कुनै असर भने गरेन ।

जीतसँगै युनाइटेडले क्वाटरफाइनलमा ब्राइटनसँग भिडन्त पक्का गरेको छ । ब्राइटनले कोभेन्ट्रीलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

युनाइटेडले पछिल्लो ९ सिजन लगातार क्वाटरफाइनलमा स्थान बनाउँदै आएको छ । 

अन्य खेलमा साउथह्याम्पटनले वेस्टब्रोमलाई २–१ गोलअन्तरले पराजित गर्यो । स्वान्सी भने सेफिल्ड वेडनस्डेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप