शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनाद्वारा आफ्नै किर्तिमान बराबर

आइतबार, ०६ फागुन २०७४, १० : ००
आइतबार, ०६ फागुन २०७४

काठमाडौँ । मंगलबार चेल्सीविरुद्ध च्याम्पियन्समा महत्वपूर्ण खेलअघि बार्सिलोनाले १० खेलाडीमा सिमित ईबारविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।

शनिबार राती भएको खेलमा २–० को जीत निकाल्दै बार्सिलोनाले आफ्नो अपराजित यात्राको किर्तिमानलाई बराबरी गरेको छ ।

लुईस सुवारेज र जोर्डी आल्बाको गोलको मद्दतले जीत निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ भने पछिल्ला ३१ ला लिगा खेलहरुमा अपराजित रहेको छ ।

यसअघि, बार्सिलोनाले पेप ग्वार्डिओलाको नेतृत्वमा सन् २०१०–११ सिजनमा उक्त उपलब्धि हासिल गरेको थियो ।

सुवारेजले मेस्सीको पासमा बार्सालाई अग्रता दिलाए भने खेलको अन्त्यतिर आल्बाले अर्को गोल थपे ।

ईबारका फाबियन ओरेलानाले रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो ।

अन्य खेलमा तेस्रो स्थानमा रहेको भ्यालेन्सियाले पनि १० खेलाडीमा सिमित मालागालाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै भ्यालेन्सियाले खेलको अन्त्यतिर दुई गोल गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल रह्यो ।

उता, सेभियाले लास पालामासलाई २–१ गोलअन्तरले पराजित गर्यो भने डिर्पोटिभो ला कोरुना आलाभेससँग १–० ले पराजित भयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप