शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनौठो सजाय : एकै व्यक्तिलाई चार पटकसम्म फाँसी

शनिबार, ०५ फागुन २०७४, २१ : ०७
शनिबार, ०५ फागुन २०७४

पाकिस्तान - पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो । 

इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए । 

शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो । 

फाँसीको सजाय पाएका ती व्यक्तिलाई पञ्जाव शहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको थियो । तीमध्ये पाँच बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो । 

अलिलाई छुट्टाछुट्टै चार वटा आरोपको मृत्युदण्डको सजाय भएको थियो । जाइनाबको बलात्कार र हत्यालगायत अलिलाई आतङ्ककारीवादको समेत आरोप पञ्जाव प्रान्तका न्यायाधीश इहतेशाम कादिरले बताएका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप