शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई लोकेन्द्रको सुझाब :  इमान्दार हुनुस् सफल हुनुहुनेछ

शनिबार, ०५ फागुन २०७४, २० : ५४
शनिबार, ०५ फागुन २०७४

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ । 

लेखन कुञ्जमा आज भएको कार्यक्रममा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको प्रतिनिधि भएको हुँदा हरेक क्रियाकलाप र काममा जनताको सरोकार रहने भएकाले निकै सतर्क र चनाखो भएर काम गरी सफल इतिहास बनाउन प्रधानमन्त्री ओलीलाई सल्लाह दिनुभयो । 

आफ्नो चारपटकको प्रधानमन्त्रीतृत्व कालमा राष्ट्र र जनताको पक्षमा धेरै काम गरेको स्मरण गराउँदै अनजानमा बाहेक जनताको हितविपरीत काम नगरेको उहाँले दाबी गर्नुभयो । 

कुञ्जले विशिष्ट व्यक्तित्वको अनुभव आदानप्रदान, सिर्जनशील कक्षा सञ्चालन, विशिष्ट व्यक्तित्वका बारेमा पुस्तक लेखनजस्ता काम गर्दै आएको संस्थाका सम्पादक टंक पन्तले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप