बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्डक्याम्प काठमाडौँको तेस्रो संस्करण आयोजना हुने

शनिबार, ०५ फागुन २०७४, १९ : १०
शनिबार, ०५ फागुन २०७४

पोखरा –  संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने सफ्टवेर ‘वर्डप्रेस’ सम्वन्धि अन्तरास्ट्रिय स्तरमा गरिने सेमिनार कार्यक्रम ‘वर्डक्याम्प काठमाडौँ’को तेस्रो संस्करण वर्डक्याम्प काठमाडौँ २०१८ को आयोजना आगामी चैत्र ३ र ४ गते काठमाडौँमा हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ ।

एक तथ्यांक आनुसार विश्वका सम्पूर्ण वेबसाईट मध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाइएको हुन्छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठूला ठूला अनलाइन समाचार पोर्टल, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रचलित छ । नेपालमा मात्र वर्डप्रेसमा काम गर्ने ५० भन्दा बढी आइ टि कम्पनीहरु र सयौंको संख्यामा फ्रिल्यासरहरु रहेका छन् । 

यस संस्करणको वर्डक्याम्प माइतीघर स्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ । अन्य संस्करणहरु भन्दा भिन्न यो पटक २ दिने कार्यक्रम हुनेछ । पहिलो दिनको कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुका  विज्ञहरुद्वारा प्रस्तुतिकरण हुनेछन् ।

यो कार्यक्रम वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनी, सूचना प्रविधिमा करियर बनाउन खोजेका विद्यार्थी तथा वर्डप्रेससँग सम्वन्धित व्यक्तिहरुसँग सम्बन्ध निर्माणको लागि उपयुक्त हुनेछ । यसैगरी दोस्रो दिन योगदान दिवस रहनेछ, जसमा विभिन्न विधाहरुमा वर्डप्रेसमा लामो समयदेखि काम गरेकाहरुले वर्डप्रेस समुदायलाई अनलाइन गर्न मिल्ने कामहरु गरेर योगदान दिनेछन् ।

 वर्डप्रेस समुदायकै योगदानले चलेको हुनाले नेपाली वर्डप्रेस प्रयोगकर्ताहरुले पनि यस पटकको वर्डक्याम्पबाट १ दिन योगदान दिन पाउनु गर्वको कुरा भएको मुख्य आयोजक यामबहादुर क्षेत्रीले बताए । 


कार्यक्रममा ४०० जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रमलाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रायोजन गरेका छन् । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञहरुले समेत अनुभव बाड्ने र विभिन्न विषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्पको यो संस्करण महत्वपुर्ण हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप