बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकार संजय सहनीलाई राजपाको सांसद झाद्वारा भौतिक कार्यवाही गर्ने धम्की

शनिबार, ०५ फागुन २०७४, १८ : ४१
शनिबार, ०५ फागुन २०७४

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेपाल पार्टीको अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला कार्य समिति सदस्य एवं अनलाइन विधुतीय पत्रिकाका आजतक मधेश डटकमका संपादक संजय सहनीलाई दिइएको भौतिक कार्यवाही गर्ने धम्की प्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ति जनाउँदै घोर भत्सर्ना गरेको छ । 

पत्रकार सहनीले ‘राजपामा विवाद अनिल कुमार झाले श्रीमतीलाई जसरी भएपनि मन्त्री बनाउन अडान’, शीर्षक नामक समाचार र आफ्नो फेसबुक पेजमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष झा आफ्नो श्रीमतीलाई मन्त्री बनाउनको लागि अनशनमा, प्रदेश सरकार गठन प्रक्रिया प्रभावित, उपेन्द्र यादव परेसान हैरान, बाम र काँग्रेसको सम्झना नामक व्यंगयात्मक स्टेटस पोस्ट गरे कै भरमा पछि सांसद झाले सहनीको मोबाइल नम्बर ९८५५०४०८७२ मा ९८५१०५०३५७ नम्बरबाट फोन गरेर धम्की दिएको कुरा गैर जिम्मेवार र संविधानले दिएको अधिकारलाई कुण्ठित गरेको हुनाले महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ती निकाल्दै निज झा माथि कानुनी कारवाहिको लागि समेत सम्बन्धित निकायलाई ध्यान आकर्षण समेत गराएको छ । 

स्मरर्णिय होस् कि नेता झाले अपशव्द प्रयोग गर्दै भौतिक कार्यवाही गर्ने भनी धम्की दिएको अडिओ रेकर्ड सहित पत्रकार सहनीले नेपाल पत्रकार महासंघ रौतहट शाखालाई जानकारी गराएपछि २४ घण्टा पछि सो शाखाले प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रेस विज्ञप्ति निकालेको हो ।

विहिवार राति १० बजेको समयमा सांसद झाले फोन गरेर धम्क्याएको सहनीको भनाइ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप