शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब बिकासको मुल फुट्ने छ : मुख्यमन्त्री राई

शनिबार, ०५ फागुन २०७४, १८ : ३१
शनिबार, ०५ फागुन २०७४

मनोज भुजेल

इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नयाँ सबिधान मार्फत जनतालाई देशको मालिक सगै अधिकार सम्पनन बनाएको बताएका छन् । संघिय संरचना अन्तर्गत तीनवटै तहको सरकार बनिसकेकाले अब जनताको भाग्य र भविष्यको रेखा जनताले नै चुनेका हातहरुले गर्ने बताएका छन । राईले प्रदेश र केन्द्र सरकारले पूर्णता प्राप्त नभएपनि अब देशमा आर्थिक समृद्धि र बिकासको मुल फुट्ने दाबी गरेका छन् । 

मुख्यमन्त्री राईले देशमा स्थाई शान्ति र सुशासन कायम गरी विकास र सम्पन्ताको दिशामा अघि बढ्नु पर्नेमा जोड दिएका हुन् ।

इटहरीको पर्यटकिय स्थल तालतलैया स्थित निजामति कर्मचारी संगठन सुनसरीले आयोजना गरेको बनभोज कार्यक्रमलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन् । 

प्रमुख अतिथि राईले निजामति कर्मचारी संगठन सुनसरीले निर्माण गरेको निजामति कर्मचारी आन्दोलनका समयमा ज्यान गुमाएका झपेन्द्र कार्की र मनोज जोशीको शालिक अनावरण गरेका थिए ।

साथै शालिकसगै तालतलैया परिषर भित्र निर्माण गरिएको चौतारोको समेत उद्घाटन मुख्यमन्त्री राईले गरेका थिए । शालिक र चौतारो निर्माण गर्न ५ लाख बढी खर्च भएको समेत कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा काग्रेस निकट निजामति संगठनका पूर्व अध्यक्ष चिनेश्वर मेहेता सहित करिब सय जनाले पार्टी परित्याग गरि एमाले निकट संगठनमा प्रबेश गरेका छन । नव प्रबेशीहरुलाई मुख्यमन्त्री राईले अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा सासंद सर्वध्वज सावा, अमिरबहादुर गोम्जेन, सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप