शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजसेवी जसले आँखा अस्पताललाई २१ करोड २३ लाख मूल्य बराबरको जग्गाा दान गरे

शनिबार, ०५ फागुन २०७४, १८ : २९
शनिबार, ०५ फागुन २०७४

काठमाडौँ । समाजसेवी श्रीजङ्ग शाह र रुद्र कुमारीले नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई २१ करोड २३ लाख मुल्य बराबरको काठमाडौँको कान्तिपथस्थित ३ रोपनी जग्गा दान गरेका छन् ।

शनिबार कान्तिपथस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरि शाहले नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई आफु बस्दै आएको घर र त्यसले चर्चेको ३ रोपनी, ३ आना ३ पैसा जग्गा दान दिएको जानकारी गराएका हुन् ।

शाह दम्पतिले सो घर सहितको जग्गा आफुहरुको मृत्यु पश्चात अस्पतालले प्रयोग गर्न पाउने गरि रजिष्टे«स पास गरिदिएका हुन् । शाहले मृत्यु पर्यन्त प्रयोगका लागि दान गरेको कान्तिपथस्थित सो जग्गाको सरकारी मुल्य मात्रै २१ करोड २३ लाख २५ हजार रुपैया रहेको छ । शाहले देश र जनताको हितका लागि आफुले आखा अस्पताललाई जग्गा दान दिएको बताए ।

समाजसेवी शाहले विश्व बैकको अन्तराष्ट्रिय मुद्रा कोषको बैकल्पिक गभर्नर, त्रिभुवन विश्वविद्यालयका सिनेट मेम्बर तथा नेपाल राष्ट्र बैक र शाही नेपाल बायुसेवा निगमको निर्देशक पदमा रहेर काम गरेको अनुभव सँगालेका छन् ।

पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत रहेका शाह विभिन्न संघ संस्थामा रही समाजसेवामा संलग्न हुदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप