शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षको उमेरमा प्रेम विवाह, १३ वर्षमा सन्तान !

शनिबार, ०५ फागुन २०७४, १६ : ३४
शनिबार, ०५ फागुन २०७४

   प्रेम सुनार
 गुल्मी–उहिलेको जमनामा आठ दश वर्षकै उमेरमा वावु आमाले छोरीको विवाह गराई दिन्छन् भन्ने सुनिन्थ्यो । अहिले भने वावु आमाले त्यस्तो वाल विवाह गराई दिन छाडेका छन् । तर छोरीहरु आफैले भने  एघार बाह्र वर्ष कै उमेरमा प्रेम सम्वन्ध राख्ने र आफु खुसी विवाह गर्ने यदाकदा पाइन्छ । 
   त्यसको पछिल्लो उदाहण हो  गुल्मी  दरवार गाउँपालिका वडा नम्वर २ जुभुङ्ग झिरवासकी पार्वती विक र किशान विकको विवाह  । पवित्र अहिले १४ वर्षकी भइन् । दुई वर्ष अघि उनको १२ वर्षको उमेरमा २० वर्षिय किशान विक संग प्रेम विवाह भएको थियो ।
  गत वर्ष उनले १३ वर्षको उमेरमा छोरा जन्माएकी छन् । उनको र वालकको स्वास्थ्य अवस्था पनि ठिक छ । ‘स्कुल पढ्दा पढ्दै लभ चल्यो अनि दुवैको मन मिल्यो र राजीखुशीले विवाह गरेका हौं,’  पवित्रले भनिन्, ‘१२ वर्षको उमेरमा विवाह सम्वन्धमा बाँधिदा कुनै समस्या भएन ।’
उनले घर परिवार माईती सवै संग राम्रो समवन्ध भएको बताईन् ।  अहिले उनका श्रीमान वैदेशिक रोजगारमा रहेको र  उनले घर धानेर बसेकी छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप