बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनप्रगतिशिल मंच साउदीले मनायो जनयुद्ध दिबस

शनिबार, ०५ फागुन २०७४, १६ : १३
शनिबार, ०५ फागुन २०७४

साउदीअरवमा पनि २३ औ जनयुद्ध दिवस मनाइएको छ ।

नेकपा माओवादीको प्रसासी संगठन नेपाली जनप्रगतिशिल मंच साउदीले जनयुद्धको २३औँ बार्षिक दिवस कार्यक्रममको आयोजना गरेको हो ।

कार्यक्रम शुक्रवार पूर्वी शहर जुवेल सेन्टरमा भएको हो ।

शुक्रवार त्यहाँ कार्यरत नेपाली मजदूरको विदाको दिन पर्छ । 

कार्यक्रम मंचका अध्यक्ष कमल शाहीको सभापतित्वमा, माओवादी केन्द्रका केन्द्रीय सदस्य डोरबहादुर कार्कीको प्रमुख आथित्य र प्रवत्ता रामचन्द्र वाग्लेको संचालनमा भएको थियो । 

कार्यक्रम जनयुद्धको शुभकामना लेखिएको केक काटेर उद्घाटन गरिएको थियो । 
सो अवसरमा टीकाराम पराजुली, रविकिरण, अनिल बीसी, कृष्णभक्त तामाङ, भक्त कार्की, विदुर पौडेल, सोनाम डिमडुङ, बाबुराम तामाङ, राजेन्द्र थपलिया लगायतले जनयुद्धको महत्वमाथि बोलेका थिए । 
सो अवसरमा सहीद परिवारलाई पनि सम्मान गरिएको थियो । 

सो कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डोरबहादुर कार्कीलाई विदाई गरिएको थियो । उनी मंचका संस्थापक सदस्य हुन् । 

मंचले विभिन्न सामाजिक कार्यका लागि पनि सहयोग गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप