बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

शनिबार, ०५ फागुन २०७४, १४ : ४२
शनिबार, ०५ फागुन २०७४

अफगानिस्तान- अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ । 

दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तमा गएको बिहीबार साँझदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ७० जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु १५ जना घाइते भएका छन् । 

घाइते भएका ती लडाकूहरुलाई हातहतियारसहित नियन्त्रणमा लिइएको समाचारमा जनाइएको छ । 

अफगानिस्तानको सेनाका प्रवक्ता खजवा यायाले भन्नुभयो– बिहीबारदेखि यहस देशका सत्रु विरुद्धको कारबाही जारी रहेको छ र यस क्रममा शनिबार बिहानसम्म ७० जना तालिबान मारिएका छन् । 

यस क्रममा तालिबान आतंककारीहरु लुकेर बस्ने गरेका कम्तीमा १२ वटा आश्रयस्थल पनि ध्वस्त बनाइएको समाचारमा उल्लेख गरिएको छ । 

त्यस क्रममा ती आश्रयस्थलमा रहेका केही हतियारहरु पनि ध्वस्त भएका अफगान सेनाका प्रवक्ता यायाले जानकारी दिनुभएको छ । 

सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थितिको सूचनाका आधारमा सेनाले बिगतका केही समयदेखि यहाँ कारबाही जारी राखेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप