शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कडा रुपमा प्रस्तुत भए काठमाडौंका एसएसपी

शनिबार, ०५ फागुन २०७४, १३ : ५०
शनिबार, ०५ फागुन २०७४

काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  विश्वराज पोख्रेलले राज्यलाई ठग्ने र गलत काम गर्ने विरुद्ध निर्दयी पुर्वक प्रस्तुत हुने चेतावनी दिएका छन् । 
काठमाण्डौको सोह्रखुट्टमा शनिबार आयोजित कार्यक्रममा  पोख्रेलले गलत काम गर्ने विरुद्ध निर्दयी पुर्वक प्रस्तुत हुने बताएका हुन् । 
शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नारा सहित संचालित ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रममा उपस्थितले प्रहरी प्रशासन निश्पक्ष नभएको र पहुचवालाको मात्रै कुरा सुन्ने गरेको गुनासो गरेपछि प्रहरी वरिष्ठ उपरीक्षक पोख्रेलले अधिकारक्षेत्र भित्र पर्ने विषयमा निश्पक्ष, इमान्दार  र र्निदयी पुर्वक प्रस्तुत हुने स्पष्ट पारेका हुन् । 
उनले  प्रहरी प्रशासन र जनप्रतिनिधि इमान्दार र भ्रष्टाचारमुक्त भए मात्रै बास्तवमा सर्वसाधरण जनताले परिर्वतनको महसुस गर्न सक्ने उल्लेख गरे ।
अधिकार क्षेत्र भित्र रहेर सबै बर्ग र तहका जनतालाई सेवा दिन तयार रहेको भन्दै उनले प्रहरीसंगको सहकार्यमा अग्रहसर हुन पनि टोलबासीलाई आग्रह गरे । 
प्रहरी वरिष्ठ उपरीक्षक पोख्रेललेले आफ्नो क्षेत्रका बासीन्दाको शान्ति सुरक्षाका लागि इमान्दार र कर्तव्यनिष्ठ भई अहोरात्र खटिने प्रातिवद्धता पनि जाहेर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप