शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी निको हुन्छ पायल्स

शनिबार, ०५ फागुन २०७४, १२ : ०५
शनिबार, ०५ फागुन २०७४

मेडिकल भाषामा पायल्सलाई हेमोरोइटर्स भनिन्छ । पायल्सको तीन चरण हुन्छ । पहिलो चरण भनेको दिसामा रगत देखापर्नु, दोस्रोे दिसासँगै अन्य केही वस्तु आएजस्तो भान हुनु र दिसा गर्दा मलद्वारबाट मासु नै बाहिर निस्कनु । यस्तो बाहिर निस्केको भाग दिसा गरेपछि भित्र पस्ने हुन्छ । तेस्रो भनेको दिसा गर्दा बाहिर निस्किएको मासु भित्र पस्दैन । यस्तो अवस्था तुलनात्मक रूपमा बढी जटिल हुन्छ । यसरी गर्न सकिन्छ पायल्सको उपचार :

डा. लोचन कार्की, जनरल फिजिसियन

०  दिसा साह्रो भएको छ वा नियमित दिसा गर्न समस्या छ भने औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ ।

०  पायल्स पहिलो अवस्थामा हुँदा त्यस्तो कुनै मेडिकल उपचार गर्नुपर्दैन । सर्जिकल अवस्थामा पनि जानु पर्दैन ।

०  यस्तो अवस्थामा रक्तनलीहरू बाहिर निस्किएको हुन्छ । सामान्य अवस्थामै थोरै उपचार गर्दा पनि त्यस्ता रक्तनलीहरू सामान्य अवस्थामा पुग्छन् । इन्जेक्सनका माध्यमबाट पनि यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

०  अवस्था जटिल बन्दै गयो र यति गर्दागर्दै पनि त्यस्ता मासु सामान्य अवस्थामा पुग्न सकेनन् भने अप्रेसनको विकल्प हुँदैन । अप्रेसन गरी बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ । नत्र यस्तो मासुले विभिन्न संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ । अप्रेसनपछि पनि सचेत हुन आवश्यक छ । किनभने दिसा–पिसाब गर्दा संक्रमण हुने डरसमेत हुन्छ ।

०  जाडोमा अलि बढी पायल्सको समस्या देखिने गर्छ । तर, गर्मी मौसममा संक्रमण दर बढी हुन्छ । जाडोमा पानी कमी भएका कारणले पनि पायल्सको समस्या निम्तिन सक्छ ।

०  दिसामा रगत देखा पर्नासाथ चिकित्सककहाँ जानुपर्छ । यस्तो वेला बढी मात्रामा रगत निस्किए रक्तअल्पतासमेत हुन सक्छ ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप