बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली-प्रचण्ड वार्ता सकियो, भयो के ?

शनिबार, ०५ फागुन २०७४, ११ : ५४
शनिबार, ०५ फागुन २०७४

काठमाडौं एमाले र माओवादीवीच पार्टी एकता र शक्ति बाँडफाँडमा समस्या देखिरहेकै बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

दुई नेताको छलफलमा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको छ । 

यस अघि सहमति नजिक पुगेको दावी गरेका यी दुई दलबीच सरकार गठन भएकै दिन भने विवाद देखिएको थियो । 

करिब ४५ मिनेट भएकोे वान टु वान वार्तामा पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल भएको थियो । 


भेटवार्तापछि माओवादी अध्यक्ष ‘प्रचण्ड ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए । उनले भने –“पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।” 

सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्ष बिच छलफल भएको जानकारी दिए । 

आइतबार बस्ने संयोजन समितिको बैठकपछि मात्र माओवादी सरकारमा सहभागि हुने नहुने टुङ्गो लाग्ने माओवादीले जनाएको छ । 

एकताको टुंगो नलागेसम्म माओवादीले प्रधानमन्त्रीलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने अडान राखेको छ। 

माओवादी सरकारमा नगएपछि प्रधानमन्त्री ओलीले एमालेका दुई नेतालाई मन्त्रीमण्डलमा राखेर मन्त्रिपरिषद विस्तार गरेका थिए । 

दुई पार्टीबीच मुख्यत एकीकृत पार्टीको शिद्धान्तका बिषयमा सहमति हुन सकेको छैन । 

एमालेले बहुदलिय जनवाद नछोड्ने अडान राखेको छ भने माओवादी केन्द्रले दुबै पार्टीका शिद्धान्त महाधिवेशनमा लगेर टुङ्गो लगाउनुपर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप