शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक स्रोतमा कति सम्पन्न छ प्रदेश नम्बर ४  ?

शनिबार, ०५ फागुन २०७४, ११ : ४५
शनिबार, ०५ फागुन २०७४

पोखरा–प्रदेश ४ ले नेपालको कूल भूभागको १६.९५ प्रतिशत ओगटेको छ ।
 हिमाल र पहाडका  ११ जिल्ला समावेश गरी प्रदेश ४ बनाइएको हो । अर्थात, गोरखा, लमजुङ, तनँहु , स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, वागलुङ, मनाङ, नवलपुर र मुस्ताङलाई यस प्रदेशमा समेटिएको छ ।
यो प्रदेशमा ठुला विद्युत आयोजनाहरुको निर्माण हुने क्रममा छन् । विद्युतमा कूल उत्पादनको ५२ प्रतिशत हिस्सा यही प्रदेशको छ ।  जलविद्युत र पर्यटनमा प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर कृषिको क्षेत्रमा भने कमजोर प्रदेश हो । 
शिक्षा, स्वास्थ्य, खानेपानी, आम्दानी लगायतका क्षेत्रमा यो प्रदेश अघि देखिएको छ । राज्यको कुल खर्च  मध्ये १० प्रतिशत खर्च प्रदेश ४ मा हुने गरेको छ ।


पर्यटनमा अब्बल 
प्रदेश ४ पर्यटनका लागि अब्बल क्षेत्रमा चिनिएको छ । अन्य प्रदेश भन्दा पर्यटकीय आर्कषणका केन्द्रहरु प्रदेश ४ मा रहेका छन् । 
प्रदेश ४ को मुकाम पोखरा नै आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको क्षेत्र हो । धार्मिक पर्यटकहरुको लागि विख्यात तीर्थस्थल  मुक्तिनाथ पनि यसै क्षेत्रमा परेको छ । आन्तरिक स्रोत र साधनका लागि प्रदेश ४ मा पर्यटन क्षेत्र मुख्य आधारका रुपमा देखिएको छ ।
ताल तलैयाको जिल्लाका रुपमा कास्कीलाई चिनिन्छ । पोखरा लेखनाथ उप महानगरपालिकामा रहेको फेवा तालसँगै साविकको  लेखनाथमा रहेका सात ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेका छन् । 
अन्नपूर्णवेस क्याम्प, पञ्चासे, घान्द्रुक, घलेगाँउ, शिरुवारी , ढोरपाटन, वौद्धस्तुपा ,सराङकोट लगायतका क्षेत्रहरु पर्यटकका लागि उपयुक्त स्थान हुन् । पर्यटकका लागि अर्को आर्कषण बनेको छ प्याराग्लाइडिङ रहेको छ । 
नेकपा एमालेका प्रदेश सदस्य तथा पोखराका स्थानीय राजीव पहारीले पोखरालाई पर्यटकको राजधानीका रुपमा विकास गर्न सकिने वताए । 
आर्थिक सम्भाव्यतामा अपार सम्भावना रहेको बताँउदै पहारीले अबको मुलभुत विषय आर्थिक समृद्धि हुनुपर्ने वताए ।
 चीनको कोरला नाका र भारतको भैसीलोटन नाकाबाट प्रदेश ४ ले आर्थिक फाइदा लिनसक्ने उनले बताए । चीन र भारतको ट्रान्जिट प्वाइन्टका रुपमा प्रदेश ४ लाई विकास गर्न सकिने वताइएको छ । 
काँग्रेसका प्रदेश सदस्य विन्दुकुमार थापाले प्रदेश ४ मा खेलकुद पर्यटनको विकास गर्न सकिने बताए । 
ट्रेकिङका लागि नेपालको पहिलो स्थानमा रहेको अन्नपूर्ण वेस क्याम्प पनि यसै क्षेत्रमा पर्दछ । अन्नपूर्ण हिमाल पनि यसै प्रदेशमा प्रर्दछ । हिमाली जिल्ला मार्फत प्रदेश ४ ले फाइदा लिन सकिने अवस्था छ । 
प्याराग्लाडिङ लगायतका साहसिक खेलका लागि सराङकोट र स्याङजाको स्वरेक उपयुक्त स्थान अन्तराष्ट्यि चर्चा बटुलेका छन् । साहसिक खेलमा रुचि हुनेहरु दिनँहु बढिरहेको पर्यटन व्यवसायी सुर्य बहादुर भुजेलले वताए । भुजेलले प्रदेश ४ मा अन्तराष्ट्रियस्तरको होटलहरु बनेको बताउदै भने, ‘हामी विश्व स्तरको सेवा दिन तयार छौ । पर्यटकको वसाई लम्व्याउन सकिएको अवस्थामा प्रदेश ४ थप लाभ लिन सक्छ ।’
धार्मिक पर्यटनका लागि मुस्ताङको मुक्तिनाथ हिन्दुहरुको लागि प्रसिद्ध तिर्थस्थल हो । 

 
जलस्रोतमा पहिलो नम्बरमा 
जलाशयुक्त आयोजनाको लागि प्रदेश ४ पहिलो नम्बरमा रहेको छ । प्रदेश ४ मा करिव ९ हजार मेघावाट क्षमताको विद्युत आयोजना निर्माण गर्ने क्षमता रहेको वताइएको छ । साना ठूला गरि १४ आयोजना निर्माण हुने क्रममा छन् । 
प्रदेश नं. ४ का आयोजनाहरुमा आँधीखोलाका दुई आयोजना गरि ३६० मेघावाट, बूढीगण्डकी १२०० मेघावाट, कालीगण्डकी १ –२ गरि ३२०० मेघावाट क्षमताका ठुला आयोजना बन्ने भएका छन् भने साना आयोजना पनि बन्दैछन् । 
प्रदेश ४ अन्तर्गतको लमजुङलाई विद्युत मैत्री जिल्लाका रुपमा घोषणा गरिएको छ भने गोरखा,लमजुङ र स्याङ्जामा ठुला ठुला आयोजना बन्दैछन् । मुलुकभर उत्पादित विद्युतमा प्रदेश ४  को हिस्सा ५२ प्रतिशत रहेको छ ।
काँग्रेस प्रदेश सदस्य थापाले उर्जा उत्पादनले प्रदेश ४ आत्मनिर्भर बन्न सक्ने बताए । 
प्रदेश ४ को अधिकांश ूुभाग पहाडी क्षेत्रमा परेकोले उद्योगमा आधारित कृषिलाई जोड दिने मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले बताए । 
गुरुङले केहि जिल्लामा स्पेशल इकोनोमिक जोन स्थापना गर्ने बताए । जलविद्युत, पर्यटन, कृषि क्षेत्रले प्रदेश ४ को विकासमा महत्वपूर्ण भुमिका खेल्ने उनले वताए । भारत र चीनमा उत्पादित वस्तुलाई एसम्वल गर्न पनि प्रदेश ४ उपयुक्त क्षेत्र रहेको उनले वताए ।
प्रादेशिक सरकारका क्षेत्राधिकार र करका दायरा

प्रादेशिक सरकारले पारिश्रमिक कर, घर–जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, अन्तशुल्क, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन कर, कृषि आयमा कर, सेवा शुल्क र दण्ड–जरिवाना, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी उठाउन पाउने व्यवस्था गरिएको छ । 
प्रदेश सरकारका क्षेत्राधिकारमा प्राथमिकता तोक्ने,योजनाहरु बनाउने,सेवा प्रवाह वित्तीय व्यवस्थापन गर्ने लगायतका क्षेत्राधिकार रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप