शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जानी राखौं, रक्तदानले बचाउँछ हृदयाघातबाट

शनिबार, ०५ फागुन २०७४, ११ : १५
शनिबार, ०५ फागुन २०७४

रक्तदानलाई जीवनदान पनि भनिन्छ । कसैले दान गरेको एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, कतिपय मानिसले यसबारे गलत धारणा राख्छन् । रक्तदानले बिरामी, शरीर कमजोर बनाउनेजस्ता गलत धारणा राख्छन् । तर, रक्तदानले त शरीरलाई फाइदा पु-याउँछ । यी हुन् रक्तदानका फाइदा :

०  रक्तदान गर्ने मानिसमा हृदयाघातको सम्भावना कम हुन्छ । रक्तदान गर्दा शरीरमा रगत जम्ने सम्भावना कम हुनुका साथै रगत पनि पातलो हुन्छ र हृदयाघातको समस्याबाट बच्न सकिन्छ ।

०  रक्तदानले तौक कम गर्न पनि भूमिका निर्वाह गर्छ । जसका लागि हरेक वर्ष दुईपटक रक्तदान गर्नुपर्ने हुन्छ ।

०  रक्तदानले शरीरमा इनर्जी भर्ने काम गर्छ । रक्तदानपछि शरीरमा नयाँ रगतका सेल्स निर्माण हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउँछ ।

०  रक्तदान गर्दा कलेजोसँग सम्बन्धित समस्याबाट पनि बच्न सकिन्छ । शरीरमा भएको अत्यधिक आइरनको मात्राले कलेजोमा दबाब सिर्जना गर्छ । रक्तदान गर्दा शरीरमा आइरनको मात्रा सन्तुलित बन्छ ।

०  आइरनको मात्रा सन्तुलित हुँदा कलेजो स्वस्थ बन्छ । यसो हुँदा कलेजो क्यान्सरको सम्भावना पनि कम हुन्छ ।

०  डेढ पाउ रगत दान गर्दा शरीरमा ६ सय ५० क्यालोरी कम हुन्छ ।

र, यो पनि
०  १८ वर्षपछि मात्र रक्तदान गर्नुस् ।
०  रक्तदान गर्नेको तौल ४५ किलोग्रामभन्दा कम हुनु हुँदैन ।
०  रक्तदान गर्नुभन्दा २४ घन्टाअघिसम्म मदिरा, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नुस् ।
०  स्वास्थ्य जाँचपछि मात्र रक्तदान गर्नुस् ।
०  रक्तदान गर्नुअघि राम्रोसँग निदाउनुस् । आइसक्रिमको सेवन नगर्नुस् ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप