शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा आगलागी, एक जनाको मृत्यु

शनिबार, ०५ फागुन २०७४, १० : ३९
शनिबार, ०५ फागुन २०७४

काठमाडौँ -कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ ।

अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् । प्रहरीका अनुसार घरधनी सम्पर्कमा नआएका कारण के–कति क्षति भएको भन्नेबारे केही जानकारी प्राप्त हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप