शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल शिक्षक संगठनमा खनाल

शनिबार, ०५ फागुन २०७४, १० : ०५
शनिबार, ०५ फागुन २०७४

इलाम - नेपाल राष्ट्रिय शिक्षक संगठनको ११ औं जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई र रेनुका सुवेदी, सचिवमा रूपमान सुब्बा, सहसचिवमा प्रतिमा चापागाईं र कोषाध्यक्षमा प्रकाशचन्द्र शर्मा चयन हुनुभएको छ । यस्तैगरी कार्यसमिति सदस्यमा गीतादेवी अधिकारी, नुनुमा राई, इन्दिरा शिवाकोटी, नेत्रप्रसाद अधिकारी, गणेशप्रसाद खतिवडा, डिकबहादुर राई, रवीन तिम्सिना, कुवीर तामाङ, केन्द्र बस्नेतलगायत चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा गोपाल नेपाल, रूद्रबहादुर दर्जी, हरि ढुंगेल र भीमलता उप्रेती चयन भएका छन् । 

सूर्योदयको शैक्षिक सुधार 
सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले शैक्षिक सुधार अभियानअन्तर्गत विद्यालयमा शिक्षकको नियमितताका लागि विद्युतीय हाजिरी शुरू गरेको छ । 

नगरपालिकाले फिक्कल मावि फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा थम्ब प्रिन्ट प्रिजेन्स शुरूआत गरेको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले बताए । नगरपालिकामा ६७ सामुदायिक र ३१ संस्थागत विद्यालय छन् । शिक्षकको हाजिरी नगर प्रमुखको कार्यालयबाट दैनिकरूपमा अनुगमन गरिनेसमेत बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप