शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब बंगलादेशी राजदूतले तिलौराकोट अवलोकन गरे

शनिबार, ०५ फागुन २०७४, ०८ : ४९
शनिबार, ०५ फागुन २०७४

कपिलवस्तु - नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्दे फास्मले प्राचिन कपिलबस्तु तिलौराकोटको भ्रमण तथा अवलोकन गरेका छन् । 

राजदुत मास्फी सहितको ११ सदस्यीय टोलीले शुक्रवार भगवान गौतम बुद्धले २९ बर्ष जीवन ब्यतित गरेको प्रवित्र स्थल तिलौराकोटको भ्रमण गरेको हो । 

टोलीले तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्नका लागी भइरहेको उत्खनन् तथा अन्वेशषणको समेत चासोका साथ अवलोकन गरेको छ ।

कपिलबस्तुका पुरातात्विक स्थलहरुको संरक्षण तथा प्रवद्र्धनका लागी बगंलादेश सरकारले बिशेष सहयोग गर्ने राजदुत मास्फीले बताएको लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले रातोपाटीलाई बताए । तिलौराकोटमा भइरहेको उत्खनन्को बिषयमा पढेको र सुनेकोले चासोका साथ यहा आएको राजदुत मास्फीले बताए ।

तिलौराकोटमा भइरहेको उत्खनन् तथा अन्वेशषणको बारेमा लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय तिलौराकोटका प्रमुख माधव प्रसाद आचार्यले टोलीलाई अबगत गराएका थिए ।

भ्रमणमा आएका राजदूत सहितको टोलीलाई लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली सहित पुरातात्विक अधिकृतहरु हिमाल उप्रेती, कृष्ण केसी, धु्रवनारायण पाण्डे, राम कुवंर लगायतको टोलीले स्वागत गरेको यियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप