बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश पदाधिकारीको यस्तो छ तलब र सुविधा

शनिबार, ०५ फागुन २०७४, ०६ : ४९
शनिबार, ०५ फागुन २०७४

काठमाडौं - सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ । प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ । यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ ।

प्रदेश पदाधिकारीको सुविधा
मुख्यमन्त्री

तलब :६०९७०
फर्निचर :१५०००
धारा, सञ्चार :बिलअनुसार
आवास व्यवस्था, दैनिक भत्ता :२५ सय
सवारीसाधन

मन्त्री
तलब :५२०००
फर्निचर :१५ हजार
धारा, बिजुली र सञ्चार :बिलअनुसार
आवास :मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार
सवारीसाधन

सभामुख
तलब :५३ हजार
फर्निचर :१५ हजार
बैठक भत्ता :७५०
यात्रा बिमा :१० लाख

विपक्षी दलका नेता÷उपसभामुख
तलब :५० हजार
बैठक भत्ता :७५०
सञ्चार सुविधा :मासिक १५ सय
आवास सुविधा :मासिक १२ हजार
फर्निचर :१५ हजार
यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक
तलब :४५ हजार
आवास सुविधा :१२ हजार,
फर्निचर सुविधा १५ हजार पाँच
वर्षमा एकपटक, यात्रा बिमा १० लाख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप