शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

शनिबार, ०५ फागुन २०७४, ०६ : ४२
शनिबार, ०५ फागुन २०७४

श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा  

काठमाडौं - नेकपा माओवादी कबेन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।

आजको नागरिक दैनिकमा मुख्य खबर छ । भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।

समाचरमा लेखिएको छ, प्राप्त कागजातअनुसार, बिहार राज्यको दरभंगाा जिल्लास्थित दरभंगा नगरपालिका अन्तर्गत दासको नाम छ ।

उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारीक वेबसाइटमा भेटिन्छ ।

दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) 'आइएजी ०३७३१८३' छ ।

उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम 'मैथिली साहित्य परिषद् मिश्रटोल, साउथ पार्ट' उल्लेख छ ।

'लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा दरभंगा जिल्ला - ८४६००४', मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ ।

भारतीय मतदाता हुनका लागि अनिवार्य रुपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ ।

दासको मात्र होइन, उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र 'सिएफबी ५१९४२८७' छ । यनको मतदाता क्रमांक १०१ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप