अल्छी कर्मचारीले अपडेट नगरेपछि...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् ।
प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न भ्याइसकेका छन् ।
तर, १० वटा मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्री र राज्यमन्त्रीको नाम राखिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
समाचारमा लेखिएको छ, शुक्रबार दिउँसो सबै मन्त्रालयको वेबसाइट हेर्ने क्रममा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये १० वटाले पुरानै मन्त्रीको नाम राखिराखेका छन् ।
शिक्षा मन्त्रालयको वेबसाइटमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र राज्यमन्त्री शेषनाथ अधिकारीको नाम राखिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटको अविगत त्यस्तै छ ।
सो मन्त्रलयको वेबसाइटमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री जनकराज चौधरीको नाम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा