बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यातायात व्यवसायमा करिब चार खर्बको लगानी

शुक्रबार, ०४ फागुन २०७४, १९ : ४३
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौँ– मुलुकमा यातायात व्यवसायको क्षेत्रमा करिब रु चार खर्बबराबरको लगानी भएको छ ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा यहाँ आज आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्ने बताए । 

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शंकरप्रसाद सुवेदी, निवर्तमान कावा अध्यक्ष डोलनाथ खनालले अव्यवस्थित यातायात क्षेत्रलाई व्यवस्थित प्रविधियुक्त बनाउनुपर्ने तथा व्यवसायी क्षेत्रको हकहितका लागि वर्तमान कार्यसमितिले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । 

गत माघ १७ देखि १९ गतेसम्म चितवनमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । जसको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, दीपक अधिकारी, हरिशरण केसी, उपाध्यक्ष पुष्पा श्रेष्ठ, ऐनकुमार शाही, जीतबहादुर भारती, सानुकाजी प्रजापति, रामप्रसाद सुवेदी, प्रभुप्रसाद कलवार, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र महासचिव पुन्यप्रसाद सिटौला निर्वाचित भएका थिए । 

यसैगरी उपमहासचिवमा डेकनाथ गौतम र वसन्त भण्डारी, सचिवमा सुरेन्द्र सिटौला र रवि रिमाल, कोषाध्यक्ष किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त निर्वाचित भएका थिए । 

यसैगरी विभिन्न वर्गीय संयोजक, प्रदेश संयोजक, केन्द्रीय सदस्य गरी ८३ कार्यसमिति निर्वाचित भएको छ ।  विसं २०३६ साउनमा स्थापित महासंघअन्तर्गत अहिले २० लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप