शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको घट्ना मिलायौँ भन्दै प्रहरीमा पुगेपछि ...

शुक्रबार, ०४ फागुन २०७४, १८ : ५९
शुक्रबार, ०४ फागुन २०७४

पाँचथर–पाँचथरको तुम्बेवा गाँउपालिका–३ मा भएको बलात्कारको घट्ना गाँउमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा सम्लग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई नियन्त्रणमा लिएको हो । बलात्कारको घट्नामा संलग्न भनिएका मनकुमारलाई प्रहरीले गत माघ २१ गते नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

“हामीले गाँउमै मुद्दा मिलायौँ भन्दै प्रहरीमा आइपुगेका उनीहरुले पीडितका आफन्तलाई आर्थिक प्रलोभन देखाई पीडकलाई उन्मुक्ति दिन खोजेकाले नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो” प्रहरी निरीक्षक विज्ञान बस्नेतले भने । उनीहरुले बालिकाकी आमालाई आर्थिक प्रलोभन देखाई घट्ना भएको होइन् भन्ने दाबी गर्न लगाएका थिए । तर, मुद्दा मिलाउन बालिकाकी आमासहित प्रहरीमा पुगेका उनीहरुलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दामा कारबाही चलाएको हो । बलात्कारजस्तो जघन्य अपराधका घट्ना मिलाउने र पीडकलाई उन्मुक्ति दिने प्रयत्नमा संलग्न समेतलाई नियन्त्रणमा लिई कारबाही चलाएर पाँचथर प्रहरीले उदाहरणीय कार्य गरेको अधिकारकर्मीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप