वडाध्यक्ष मोहम्मदका छोराको अपहरण
शुक्रबार, ०४ फागुन २०७४, १८ : ३०
जीतपुर– मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ । वडाध्यक्ष फत्ते मोहम्मदका ६ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै बिहीबार अपहरण गरिएको वडाअध्यक्ष मोहम्मदले बताए ।
आफ्नो छोराको अपहरण भएको खबर साँझ ५ः०० बजे मात्र थाहा भएको उनले जानकारी दिए । उनले भने, “बिहानै नजिकैको स्कुल जान हिँडेको थियो तर बेलुकासम्म घर नआएपछि सोधखोज गर्दा भेटिएन ।” अपहरण भएको बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरिएको मोहम्मदले जानकारी दिए । उनको खोजीका लागि उनले सबैसँग आग्रह गरेका छन् । अपहरणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार