शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बार्षिक सााधारणसभा सम्पन्न

शुक्रबार, ०४ फागुन २०७४, १८ : २६
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम बार्षिक सााधारण सभा सम्पन्न भएको छ । बुधवार होटल सांग्रिला लाजिम्पाटमा उक्त कम्पनीको साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७३/०७४ को वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन समेत पािरत गरेको छ ।  

साधारणसभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७४/०७५ को लेखा परीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण र सर्व साधारणलाई रु ६० करोडको क्ष्एइ जारी गर्र्ने निर्णय समेत पारित गरेको छ । त्यस्तै कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।  कार्यक्रममा अध्यक्ष अनुज क्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

उक्त कम्पनीले आर्थिक बर्ष ०७४/०७५ को पौष मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय सञ्चालन गरी करिव ३,६०० भन्दा बढी अभिकर्ता तयार गरिनुका साथै  छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी अधिराज्यभर आफ्नो सञ्जाल र कारोबार बिस्तार गरेको जनाइएको छ ।

उक्त कम्पनीले गत पौष मसान्तसम्म कूल ३,०५२ बीमालेख बिक्री गरी कूल दश करोड सत्ताईस लाख चौवन्न हजार नौ सय बाईस प्रिमियम संकलन गरी आठ करोड दश लाख उनान्साठी हजार आठ सय चौबीस खुद मुनाफा आर्जन गरेको जनाइएको छ ।

प्रथम वार्षिक साधारणसभा कार्यक्रममा संस्थापक अध्यक्ष सत्यनारायण क्याल, का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कम्पनीका महाप्रबन्धक कमलराज गौतमले आ–आफ्नो मन्तव्य राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप