मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ३ को राजधानी सार्न सांसदहरुको दबाब

शुक्रबार, ०४ फागुन २०७४, १७ : ५६
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौं–प्रदेश नम्बर ३ को राजधानी हेटौंडाबाट तत्काल सार्न सांसदहरुले दबाब दिन सुरु गरेका छन ।  प्रदेश नम्बर ३ प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले भक्तपुर र काभ्रेमध्ये कुनै एक स्थानमा प्रदेश नम्बर ३ को राजधानी बनाउन उपयुक्त हुने भन्दै दबाब दिन सुरु गरेका हुन् । 

शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता एवम् दोलखा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर वा काभ्रेमा बनाउने कुरा निर्विवाद भएको तर्क गरे । उनले हेटौंडा जनतालाई पायक पर्ने स्थान नभएकाले राजधानी सार्न पहल गर्नु परेको पनि स्पष्ट पारे । प्रतिनिधिसभा काभ्रेका सांसद गोकुल बास्कोटाले हेटौडा राजधानीका लागि उपयुक्त नभएको स्पष्ट पारे । उनले हेटाँैडा प्रदेश नम्बर ३ को राजधानी हुनै नसक्ने दाबी समेत गरे ।

भक्तपुरका प्रदेश सांसद शशीजङ्ग थापाले हेटौडा प्रदेश नम्बर ३ को राजधानी हुनै नसक्ने दाबी गरे । उनले प्रदेशसभाका अधिकांश सांसद भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन सहमत रहेको दाबी समेत गरे ।

भक्तपुरका सांसदहरुले हेटौडालाई राजधानी बनाउन नदिन विरोध प्रर्दशन गर्दै आएका छन । प्रदेश नम्बर ३ मा १ सय १० जना प्रदेशसभा सांसदहरु रहेका छन् । प्रदेशसभाको २ तिहाई बहुमतले प्रदेशसभाको राजधानी र नाम परिवर्तन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप