शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनमोहनले देखाएको बाटोबाट अघि बढ्छुः प्रधानमन्त्री ओली

शुक्रबार, ०४ फागुन २०७४, १६ : ५३
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले देखाएको बाटोबाट आफू अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

कार्यक्रममा बोल्दै नवनियुक्त प्रधानमन्त्री ओलीले स्वर्गीय मनमोहन अधिकारीको निष्ठा, दृढता र जनताप्रतिको बफादारिता र इमान्दारितालाई पदसँग तुलना गर्न नमिल्ने पनि स्पष्ट पारे । मनमोहन अधिकारीको सादा जीवन र जनताको सेवामा लागि रहने इमान्दार प्रयास सबैका लागि प्रेरणाको स्रोत भएको पनि स्मरण गराए । 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा स्वर्गीय अधिकारीले नेपाल राष्ट्रका लागि असाधारण योगदान दिएको उल्लेख गरे । त्यस अवसरमा उनले पुष्पलाल श्रेष्ठले नेपाल राष्ट्र र नेपाली जनताका लागि पदमा नरहेर ठूलो योगदान दिएको समेत बताए । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीले भारतको स्वतन्त्र संग्राममा समेत सहभागी भएर विश्व मानवजातिकै सेवा गरेको चर्चा समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप