शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्’

शुक्रबार, ०४ फागुन २०७४, १६ : ५५
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौँ । सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ । 

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो ।

फेशन डिजाईनिङ् क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत उक्त संस्थाले ग्राहकहरुको चाहना बमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्य राखि यो योजना सार्वजनिक गरिएको अध्यक्ष सिवाले जानकारी दिए । 

प्रालिले उक्त बम्पर योजना अन्र्तगर्त ‘पूरानो सुट ल्याउनुहोस्, नयँ सुट लिएर जानुहोस’ भन्ने कार्यक्रम आवश्यक पर्यो भन्ने सन्दर्भमा यस्तो कुरा बताएको छ,‘अधिकांश व्यक्तिहरुसँग केही न केही जोर सुट स्टक हुने सामान्य हो, तर बजारमा नयाँ नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि ती पूराना सुट तथा कोटहरु आफ्नो घरको आफ्नो दराजमा थन्किएको रुपमा मात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सक्नुहुनेछ । त्यसको उचित बजार व्यवस्थापनको लागि कोट तथा सुटको गुणस्तर हेरी मुल्यांकन गरिनेछ । नयाँ सुट तथा कोटको प्रयोगका लागि आर्थिक रुपमा ग्राहकवर्गलाई सहज होस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्न सक्छ भन्ने योजनाको साथ अति उपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रम ल्याईएको हो।’

प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ । जसमा चार पांग्रे गाडी उपलब्ध गराईनेछ, र जुन १५०० वटा लक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ । 

कार्यक्रममा फेशन डिजाईनर समेत रहेकी उक्त सुट बैंककी प्रवन्ध निर्देशक आकृति सिवा र सञ्चालिका कल्पना सिवाको पनि उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप