बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक उड्डयन प्रतिष्ठानको भवन सिलबन्दी

शुक्रबार, ०४ फागुन २०७४, १६ : ०२
शुक्रबार, ०४ फागुन २०७४

भक्तपुर– मध्यपुरस्थित गठ्ठाघरमा निर्माणाधीन नागरिक उडड्यन प्रशिक्षण प्रतिष्ठानको भवन सिलबन्दी गरिएको छ ।  स्वीकृति विनानै निर्माण भइरहेको भन्दै सो भवन मध्यपुर थिमी नगरपालिकाले सिलबन्दी गरेको हो । स्वीकृति नलिइ भवन निर्माण गरेकाले सिलबन्दी गर्नुपरेको नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए । 

प्रतिष्ठानले करिब ७ करोडको लागतमा निर्माण गर्न लागेको साँढे दुई तलाको तालिम प्रतिष्ठान भवनको नक्सापास समेत नगरी प्रेरा तुलसी जयमाता कम्पनीलाई ठेक्कामा दिई एक महिनाअघि देखि भवन निर्माण शुरु गरेको थियो । साबिक हवाई विभागले तत्कालीन समयमा आकाशवाणी सेवा सञ्चालनका लागि स्थानीय बासिन्दाको करिब ४ सय ४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । त्यसमध्ये मध्यपुर थिमी नगरपालिकाका मेयर श्रेष्ठको समेत चार रोपनी जग्गा परेको स्वयम् मेयरको भनाई छ । मेयर श्रेष्ठले आफनो लगायत धेरै किसानको जग्गा बचाउन पनि निर्माणाधीन भवन सिलबन्दी गरिएको बताए ।

साबिक हवाई विभाग अर्थात् हालको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले आकाशवाणी सेवा सञ्चालन प्रयोजनका लागि अधिग्रहण गरेको उक्त जग्गामा आकाशवाणी सेवा बन्द भई एयरपोर्टमा राडार जडान भइसकेपछि नगरपालिकाले उक्त जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै आएको थियो । यता, प्रतिष्ठानसँग भवन निर्माणको ठेक्का पाएको प्रेरातुलसी जयमाता कम्पनीले भने नगरपालिकाले कुनै सूचना नै नदिई निर्माणाधिन भवन सिलबन्दी गरेको आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप