शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किर्तिमानी रन पछ्याउँदै अस्ट्रेलियाले रच्यो नयाँ इतिहास

शुक्रबार, ०४ फागुन २०७४, १५ : २६
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौँ । अस्ट्रेलिया टी–२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ४३ रनको लक्ष्य मात्र १८.५ ओभरमा ५ विकेट गुमाएर सफतालपूर्वक पछ्याएको हो ।

यसअघि यो किर्तिमान वेस्ट इन्डिजको नाममा थियो । वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २ सय ३६ रन सफलतापूर्वक पछ्याएको थियो ।

अस्ट्रेलियाका लागि दुई ओपनर कप्तान डेभिड वार्नर र डिअर्काकी सर्टले जीतको आधार तय गरे । दुवैले पहिलो विकेटका लागि विस्फोटक ब्याटिङ गर्दै मात्र ८.३ ओभरमा १ सय २१ रनको साझेदर गरे ।

वार्नरले मात्र २४ बलमा ५९ रन बनाए । उनले यसक्रममा ५ छक्का र ४ चौका हिर्काए ।

त्यस्तै, सर्टले ४४ बलमा ७६ रन बनाए । उनले ८ चौका र ३ छक्का हिर्काए ।

ग्लेन म्याक्सवेलले ३१ रनको योगदान दिए भने एरोन फिन्चले नटआउट रहँदै ३६ रन बनाएर अस्ट्रेलियालाई सहज जीत दिलाए ।

यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४३ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले शतक बनाए । उनले मात्र ५४ बलमा ९ छक्का र ६ चौका हिर्काउँदै १०५ रन बनाए ।

त्यस्तै कोलिन मुनरोले ३३ बलमा ७६ रन बनाए ।

अस्ट्रेलियाका लागि एन्ड्रु टाय र केन रिचर्डसनले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप