शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट ‘हुर्रे’ को प्रोमशनल यात्रा

शुक्रबार, ०४ फागुन २०७४, १५ : १३
शुक्रबार, ०४ फागुन २०७४

पोखरा– पछिल्लो समय चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार–प्रसारका लागि प्रमोशनल यात्रा गर्ने गरेका छन् । यस्तै यात्रामा अहिले चलचत्र ‘हुर्रे’ पनि निस्किएको छ । याम थापाको लेखन तथा निर्देशन रहेको ‘हुर्रे’ले आफ्नो प्रमोशनल यात्रा पोखराबाट थालेको छ ।

बिहिबार पोखरामा एक कार्यक्रमको आयोजनासहित निर्माण युनिटले चलचित्र आफ्नो प्रमोसन यात्रा जारी भएको जानकारी दिएको हो । यो यात्रामा चलचित्रका मुख्य कलाकार केकी अधिकारी,अनुपबिक्रम शाही, राजाराम पौडेल लगायत सहभागी रहेका छन् ।
 
यात्राका क्रममा चलचित्रको गीतमा बिभिन्न सांगीतिक कार्यक्रमका अलवा  चलचित्रको विविध पक्षबारे जानकारी दिइने निर्देशक यम थापाले बताए । ‘हुर्रे’ यही फाल्गुन २५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र हो ।  यख ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रमा केकीले प्रेमको  मोह जालमा केटा फसाउने भूमिका निर्वाह गरेकी छन् । 

कार्यक्रममा केकीले पोखरा नेपाली चलचित्र उध्योगको लागि दोश्रो ठूलो घर रहेको बताउदै ‘हुर्रे’ मा आफ्नो राम्रो अभिनय रहेको बताइन् ।  चलचित्रका अर्का कलाकार राजाराम पौडेलले ‘हुर्रे’ले आफुलाई फेरि १६ वर्षमा फर्काएको बताए ।  ‘हुर्रे’मा केकी, अनुपविक्रम, राजारामका अलवा अंकित खड्का, विजय बराल, संगिता नापित लगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्रमा दावा श्रेर्पा, सोनम लामा र शेयरिङ्ग डोर्जी लामाको लगानी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप