शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एक पाइला’मा गायक सनुपको जीवनकथा

शुक्रबार, ०४ फागुन २०७४, १४ : ५३
शुक्रबार, ०४ फागुन २०७४

 
काठमाडौं – अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको गायक सनुप पौडेलको ‘एक पाइला’ बोलको गीत भिडियो सहित भिडियो सार्वजनिक भएको छ । केही पहिले सार्वजनिक यो गीतले सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुल्न सफल देखिएको छ । 

ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार मनिष बासिष्ठका शब्द रहेको गीतको भिडियोमा सनुपको जिन्दगी र उनको गायकीलाई कलात्मक ढंगले समेटिएको छ ।
सनी सुमनको संगीत रहेको गतिले प्रेमीहरु माझ एउटा छुट्टै छाप छोड्ने आस गायकले गरेका छन् । रुशील अमात्यले गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा सनुपलाई उनको आफ्नै श्रीमती र छोरीले साथ दिएका छन् । 

‘भिडियो मेरो जीवन कथा भन्दा पनि फरक पर्दैन’ गायक सनुपले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप